Tuesday, May 22

सहमतिमै लेखिएको चुनावी प्रणाली कसैले पनि मान्दिन भन्न नमिल्ने एमाले अध्यक्ष ओलीको भनाइ

संयोजन समिति/बैठक स्थगित

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हिजो बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ । पार्टी एकता, लगायत मुलुकको राजनीतिक अवस्थाबारेको छलफलका लागि बैठक बस्ने भनिएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भैरहवाबाट काठमाडौ नआइपुगेकाले बैठक स्थगित गरिएको बताइएको छ । तर एकताबारे दुवै पार्टीका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहनुभएको छ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभएको छ ।।

केपी ओली/प्रतिकृया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुको सहमतिमा नै संविधान लेखिएकाले संविधानमा लेखिएको चुनावी प्रणाली मान्दिन भन्न नमिल्ने बताउनुभएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “हामी आफैँले बनाएको प्रणालीलाई सर्वस्वीकार्य बनाउनुपर्छ ।” अध्यक्ष ओलीले आफूमा कुनै पनि खालको दम्भ नभएको उल्लेख गर्दै खेल सकिएर एउटाले विजयको हात हल्लाएपछि अर्काले खेलको नियम मान्दिन भन्न नहुने बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *