Tuesday, May 22

एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज प्लेअफ खेल हुने/पहिलो प्ले अफमा बिराटनगर र भैरहवा तथा दोस्रोमा ललितपुर र पोखराले प्रतिस्पर्धा गर्दै

इपिएल/क्रिकेट ललितपुर प्याट्रियट

एभरेष्ट प्रिमियर लिग ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा आज पोखरा राइनोजलाई ४ विकेटले हराउँदै ललितपुर प्ले अफमा प्रवेश गरेको हो । हिजोको खेलमा पराजय ब्यहोरे पनि पोखरा प्ले अफमा प्रवेश गरेको छ । अब पोखराले प्ले अफमा पनि ललितपुरसंगै प्रतिस्पर्धा गर्नेछ ।

बिराटनगर वारियर्स र भैरहवा ग्लाटिएटर्स यस अघिनै क्वालीफायर चरणमा प्रवेश गरिसकेका छन् । प्रतियोगिता अन्तर्गत बिराटनगर र भैरहवावीच आज हुने पहिलो प्ले अफको विजेता सिधै फाइनलमा प्रवेश गर्ने छ ।

यसैगरी पोखरा र ललितपुरवीच आजै दोस्रो प्ले अफ खेल हुनेछ । दोस्रो प्ले अफमा विजेता बन्ने टिमले पहिलो प्ले अफमा पराजित टिमसंग फाइनल प्रवेशका लागी पुनः खेल्नु पर्ने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *