Sunday, January 21

नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालाको पुननिर्माणमा ढिलाइ/ आगामी साफ खेलकूद बारेको अन्यौल कायमै

दशरथ रंगशाला पुननिर्माण

नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालाको पुननिर्माणमा ढिलाइ हुदा विगत दुइ वर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कुनैपनि खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन । अबको एक वर्षभित्र रंगशालाको पुननिर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेपनि पुर्वाधार अभावमा २०१९मा नेपालले आयोजना गर्नुपर्ने १३ औ दक्षिण एसियाली खेलकुद साफ प्रतियोगिता प्रभावित हुने हो कि भन्ने अन्यौलता कायमै छ ।। 

कुनै समय दर्शकको आवाजले गुञ्जायमान हुने नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको रंगशाला आजभोली शुन्य छ । भुकम्पबाट क्षति पुगेको रंगशालाका संरचना बन्न नसक्दा न त कुनै प्रतियोगिता सञ्चालन हुन सकेको छ न त रंगशाला परिसरमा कुनै चहलपहल नै छ । भौतिक पुर्वाधारको अभावमा खेलकुदको स्तर खस्किरहेका बेला रंगशाला पुननिर्माणमा भैरहेको ढिलाइले खेलाडीहरुलाइ झनै निराश बनाएको छ । भूकम्प यता यहाँ कुनैपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता आयोजना हुन सकिरहेका छैनन् । नेपालले आयोजना गर्नुपर्ने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ के हुने हो भन्ने अन्यौलता पनि कायमै छ । राष्ट्रिय खेलकुद परिषद राखेपले भने आगामि साफ खेलकुदलाइ मध्यनजर गरी पुनर्निर्माणको काम अघि बढाइएको दाबि गरेको छ । अबको एक वर्षभित्रमा अन्तराष्ट्रिय मापदन्ड अनुरुपको व्यवस्थित, आधुनिक र भुकम्पप्रतिरोधि रंगशाला निर्माण गर्ने लक्ष्य रहेको राखेपको भनाइ छ ।

कुल ३० करोड रुपैयाको लागतमा दशरथ रंगशाला पुननिर्माणको काम शुरु गरिएको हो । हालसम्म साधारण प्याराफीटमा छाना लगाउने काम भइरहेको छ । यस्तै, भुकम्पबाट क्षतिग्रस्त भिआइपी प्याराफीटको संरचनाहरु भत्काउने काम ९० प्रतिशत सकिएको छ । पुराना र मक्किएका ९६ वटा पिलर परिवर्तन गरी नयाँ निर्माण गर्ने काम पनि भइरहेको छ ।।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *