Sunday, January 21

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगद्बारा राजनीतिक दलहरुलाई आह्वान/दल दर्ताका लागि १५ दिनको म्याद

राष्ट्रियसभा/दल दर्ता आब्हान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आह्वान गरेको छ । आयोगले अब हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि १५ दिन भित्र दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम दल दर्ता गराउनुपर्ने आयोगका प्रवक्ता दिनेश कुमार घिमिरेले जानकारी दिनुभयो ।।

सर्वोच्च रिट/दायर

राष्ट्रियसभा गठन नभई सरकार गठन लगायतका काम कारबाही नगर्न/नगराउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको निवेदनमा राष्ट्रियसभा गठन नगरी सरकार गठन, प्रधानमन्त्री तथा प्रदेश प्रमुख नियुक्तिलगायतका काम कारबाही नगर्न/नगराउन माग गरिएको छ । नेपालको संविधानको धारा ७६ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुन प्रतिनिधिसभाको गठन हुनु अनिवार्य सर्त भएको रहेको र प्रतिनिधिसभा गठन हुन निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक सदस्यको अन्तिम निर्वाचन परिणाम घोषणा गर्नुपर्ने निवेदनमा उल्लेख छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *