Sunday, January 21

पाकिस्तानले आतंकवादलाई सघाएको अमेरिकी राष्ट्रपतिको टिप्पणी/ट्रम्पको अभिव्यक्ति अफगानिस्तानमा अमेरिकी पराजयको अनुभूति भएको पाकिस्तानको भनाइ

ट्रम्प/पाकिस्तान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरबौं डलर विदेशी ऋण प्राप्त गरेको बिषयमा पाकिस्तानले अमेरिकालाई झुटो विवरण दिएको बताउनु भएको छ । सन् २०१८ को आफ्नो पहिलो टुइटमा राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई गुप्त आतंकवादीको संज्ञा समेत दिनुभएको छ । ट्रम्पको टुइट प्रति पाकिस्तानले आक्रोश व्यक्त गर्दै सबै विदेशी ऋण सहयोगको हिसाबकिताब दुरुस्त र पारदर्शी राखिएको जनाएको छ ।

पाकिस्तानले ट्रम्पको आरोपलाई अफगानिस्तानमा अमेरिकी पराजयको नमिठो अनुभुतिको अभिव्यक्ति हो भनेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *