Friday, April 20

मध्य तराईका जिल्लाहरुमा शीतलहरले जनजीवन प्रभावित/बारामा ५ दिनका लागि विद्यालयहरु बन्द

बारा/शित लहर

केही दिनयताबाट बढेको चिसोले मध्य तराईको जनजीवन प्रभावित छ । खासगरी बारा, पर्सादेखि बाँकेको नेपालगञ्जसम्मका तराईका बिभिन्न ठाउँहरुमा चिसो बढेको हो । मध्यान्हसम्म पनि हुस्सु लाग्ने भएकाले सर्वसाधारण चिसोबाट बढी प्रभावित भएका हुन् । यसैबीच शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने गरिएको छ । शिक्षा समितिको बैठकले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिनुभयो ।

शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले हिजोबाट पुष २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गरिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *