Tuesday, May 22

बहुमत प्राप्त दललाइ यथाशीघ्र सत्ता हस्तान्तरण गरेर जनताको जनादेश लागु गर्न वाम गठबन्धनका नेताहरुले सरकारसँग आग्रह

संविधान कार्यान्वयन/छलफल

बहुमत प्राप्त दललाइ यथाशीघ्र सत्ता हस्तान्तरण गरेर जनताको जनादेश लागु गर्न वाम गठबन्धनका नेताहरुले सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम र संविधान पूर्ण कार्यान्वयन विषयक राजधानीमा आयोजित कार्यक्रममा उहाँहरुले यस्तो आग्रह गर्नुभएको हो । कार्यक्रममा एमाले नेता सुवास नेम्वाङ, माओवादी केन्द्रका नेता देव गुरुङ लगायतका वक्ताले आवधिक निर्वाचनको परिणामलाइ तार्किक निष्कर्ष दिन अब धेरे ढिलो गर्न नहुने बताउनुभएको हो ।

यसैगरी सूचना तथा संचारमन्त्री मोहन बस्नेतले सरकार प्रक्रिया पुर्‍याइ सत्ता हस्तान्तरण गर्ने क्रममा रहेको र प्रदेशसभा सदस्यहरुका लागि हाललाइ सुविधाजनक ठाउँमा केवल अस्थायी केन्द्र तोकी शपथ गराउने तयारी भएको बताउनुभयो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादवले राजधानिको बिषयलाइ लिइर चलिरहेको आन्दोलनका कारण केही समस्या उत्पन्न भएकाले समाधानको पहल गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *