Monday, February 19

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमण/९५ जनाको मृत्यु/ अन्य १ सय ५८ जना घाइते

अफगानिस्तान/विष्फोट

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा परी ९५ जनाको मृत्यु भएको छ भने अन्य १ सय ५८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीले एम्बुलेन्समा विष्फोटक पदार्थ राखेर प्रहरीको सुरक्षा जाँच हुने क्षेत्र कटाएर सरकारी अधिकृत तथा विदेशी दुतावासका कर्मचारी घर फर्कने समय सुरक्षित क्षेत्रमा विष्फोट गराएका हुन् । आक्रमणकारीले आन्तरिक मन्त्रालयको भवनलाई लक्षित गरी बम विष्फोट गराएको भए पनि सडकमा यात्रा गरिरहेकाहरु विष्फोटमा परेका छन् । तालेबानले घटनाको जिम्मेवारी लिदै महिना भरीकै सबैभन्दा घातक आक्रमण भएको जनाएको छ । गतहप्ता तालिवान सैनिकले काबुलको एउटा अन्तर्राष्ट्रिय स्तरको होटलमा आक्रमण गरी २२ जनाको ज्यान लिएका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *