Monday, February 19

छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु/अब यातायात सेवा सहज हुने बिश्वास

जाजरकोट/पुल निर्माण

जाजरकोटको छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु गरिएको छ । नदी तथा खोलामा पुल नहुदा यातायात सेवा सहज नभएकोले सल्लीबजारदेखि जाजरकोटसम्म पुल निर्माणको काम तिब्र बनाइएको हो । छेडागाड, कालीखोला, बालीखोला, खोदाखोला, सिम्लेखोला, बनगाड लगायतका नदी तथा खोलामा पुल निर्माणको काम भइरहेको छ । जाजरकोट राष्टिय सडक सञ्जालसंग जोडिएको लामो समय सम्म पनि पुल नहुदा वर्षायाममा यातायात सेवा प्रभाबित हुदै आएको थियो ।

अब पुल निर्माण भएपछि बाह्रै महिना यातायात सेवा सुचारु भै यात्रा सहज हुने अपेक्षा यात्रुहरुको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *