Friday, April 20

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको बाध्यकारी अवस्थाका कारण आफूले सत्ता छाड्न नसकेको भन्दै त्यसमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ

प्रम/वीपी अस्पताल

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको बाध्यकारी अवस्थाका कारण आफूले सत्ता छाड्न नसकेको भन्दै त्यसमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।

निर्वाचनबाट प्राप्त जनमत अनुसार सत्ता हस्तान्तरणका लागि आफू आतुर रहेको भएपनि राष्ट्रिय सभा निर्वाचन सम्पन्न नभई सरकार परिवर्तन हुँदा संवैधानिक समस्या आउने भएका कारण त्यस्तो हुन नसकेको प्रधानमन्त्रीले बताउनुभयो । वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नव निर्मित भवनको उद्घाटन एवं नयाँ भवनबाट सेवारम्भ गर्नुभएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । सरकार र आफू स्वयं पनि आचार संहिता पालनामा दृढ रहेको उल्लेख गर्नुहुदै प्रधामन्त्री देउवाले आचार संहिताका कारणले गर्दा पनि धेरै काम गर्न नसकेको बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *