Monday, February 19

फ्रान्समा एक हप्तादेखिको वर्षा र बाढीले जनजीवन नराम्ररी प्रभावित/राजधानी पेरिससहित २ सय बढी शहर डुवानमा

फ्रान्स/बाढी

फ्रान्समा एक हप्ता देखि परिरहेको अविरल बर्षा पछि आएको बाढीबाट राजधानी पेरिस सहित २ सय भन्दा बढी शहर डुवानमा परेका छन् । बाढीले सडक र बस्ती डुबाए पछि त्यहाका लाखौं स्थानीयको जनजीवन नराम्ररी प्रभावित भएको छ । रेल स्टेशन, अस्पताल र विद्यालयहरुमा बाढी पसेपछि त्यँहाबाट मानिसहरुलाई अन्यत्रै सुरक्षित ठाउँमा जान भनिएको छ ।

बाढीका कारण विद्युत र ग्यास सेवा अवरुद्ध भएपछी स्थानीयको दैनिकी थप कष्टकर बनेको समाचारमा उल्लेख छ । एक हप्ता देखिको निरन्तर झरीका कारण साइनी नदीमा आएको बाढीले पेरिस सहित वरपरका शहर र बस्तीहरु डुवानमा परका हुन् ।

आजबाट मौसममा सुधारमा आइ पानी पर्न कम हुने मौसमविद्हरुले अनुमान गरेका छन् । फ्रान्समा दुई बर्ष अघी पनि यस्तै किसिमको बाढी आएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *