Tuesday, May 22

प्युठानमा शैक्षिकसत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्/विद्यार्थीहरु शिक्षकले भनेको र सुनेको भरमा वार्षिक परीक्षा दिने तयारीमा

प्युठान/पाठ्यपुस्तक अभाव

शैक्षिक सत्रको अन्त्यमा हुने बार्षिक परिक्षा नजिक आउँदासम्म पनि प्यूठानका कतिपय बिद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । २०७३ असार श्रावणको बाढिपहिरोबाट पिडीत प्यूठानको फोप्लीस्थित अम्बिका माध्यमिक बिद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको बिद्यालयले जनाएको छ ।

प्राथमिक तहका अनिबार्य बिषयहरु नेपाली, गणीत र कक्षा ८ को अनिबार्य बिषय सामाजिक शिक्षा, कक्षा ९ र १० का केही ऐक्षिक बिषयहरुको पुस्तक नपाएको बिद्यार्थीहरु बताउँछन् ।

गतबर्ष पनि प्यूठानका सबै बिद्यालयका सबै बिद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेकाथिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *