Friday, April 20

आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नामिवियालाई १ विकेटले पराजित गर्दै नेपाल विजयी/ नेपाल आज ओमनसँग खेल्ने ।।

नेपाल नामिविया क्रिकेट

आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपाल विजयी भएको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई १ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नेपालले आज आफ्नो दोस्रो खेल ओमनसँग खेल्नेछ । हिजै भएको अर्को खेलमा क्यानडाले ओमनलाई पराजित गरेको थियो भने संयुक्त अरब इमिरेट्सले केन्यालाई पराजित गरेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *