दरबारमार्ग/काण्ड
काठमाडौको दरबारमार्ग ल्याण्डमार्क होटलमा भएको बलात्कार सम्बन्धी घटनालाइ सामसुम पार्न खोजेको आरोपमा दोषी पाइएका प्रहरीहरुमाथि कारवाही अगाडि बढाउन छानवीन समितिले सिफारिस गरेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित छानवीन समितिले सो घटनामा आर्थिक कारोवार गराएर घटना लुकाउन खोजेको आरोपमा दरबारमार्ग प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र मुद्दा शाखा हेर्ने प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाइ कडा कारवाही गर्न विभागीय सिफारिस गरेको छ ।।