Friday, April 20

फ्रान्समा बालबालिकाको विद्यालय जाने उमेर ६ वर्षबाट घटाएर ३ वर्ष कायम/ फ्रान्स युरोपभरि मै सबैभन्दा कम उमेरमा अनिवार्य शिक्षा लागू गर्ने मुलुक

फ्रान्स/बालबालिका

फ्रान्समा बालबालिकाको विद्यालय जाने उमेर ६ वर्षबाट घटाएर ३ वर्ष कायम गरिएको छ । त्यहाँका राष्ट्रपति इम्यानुअल म्याक्रनले घोषणा गर्नुभएको नयाँ संशोधित कानुन बमोजिम सो व्यवस्था गरिएको हो । यो परिवर्तनसँगै फ्रान्स युरोपभरि मै सबैभन्दा कम उमेरमा अनिवार्य शिक्षा लागू गर्ने मुलुक भएको छ । यो परिवर्तनले थोरै बालबालिकालाई मात्रै असर गर्नेछ । अधिकांश फ्रेन्च परिवारले आफ्ना बालबालिकालाई ३ वर्षको उमेरमै विद्यालय पठाइरहेका थिए ।

केवल २ दशमलब ४ प्रतिशत बालबालिका मात्रै ६ वर्ष अघि विद्यालय भर्ना नहुने गरेको सरकारी तथ्यांक छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *