Friday, April 20

स्थानीय तह करार जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ स्वीकृत/ आवश्यक विभिन्न जनशक्ति करामा लिन स्थानीय तहलाई बाटो खुला

स्थानीय तह/जनशक्ति व्यवस्थापन

स्थानीय तहको सेवालाई प्रभावकारी बनाउन स्थानीय तह करार जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ स्वीकृत भएको छ । स्थानीय तहबाट हुने कामलाई प्रभावकारी तथा नियमित सेवा प्रवाह गर्न स्थानीय तहलाई तुरुन्तै कर्मचारीको आवश्यकता परेकाले कार्यविधि स्वीकृत गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले स्थानीय तह सञ्चालनका लागि कर्मचारीको आवश्यकतालाई ध्यानमा राख्दै संविधानको प्रावधान अनुरुप तीनै तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा कर्मचारी समायोजन ऐन नियमावलीअनुरुप कर्मचारी व्यवस्थापन गर्न लागिएको जानकारि दिनुभयो ।

स्वीकृत नमूना कार्यविधि अनुरुप कुनै पनि संगठनको दरबन्दीअनुसार स्थानीय तहले अपनाउनुपर्ने विधि तथा स्थानीय तहलाई आवश्यक पर्ने विभिन्न सेवा कृषि, पशु, वन स्वास्थ्य, इञ्जिनीयरिङ सम्बन्धी जनशक्ति करामा लिन सक्नेछन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *