Friday, April 20

धनगढी प्रिमियर लिग क्रिकेटको उद्घाटन खेलमा चौराह धनगढीलाइ ७ विकेटले पराजित गर्दै काठमाडौ गोल्डेन्स विजयी

धनगढी / डिपिएल लिग

धनगढी प्रिमियर लीग डीपीएल हिजो देखि शुरु भएको छ । उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले धनगढी टीम चौराहालाई ७ विकेटले पराजित गरेको छ ।

१ सय ४६ रनको लक्ष्य काठमाडौंले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गरेको हो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको धनढीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाउन सक्यो ।  प्रतियोगितामा आज दुई खेल हुनेछन् ।

पहिलो खेलमा सीवाइसी अत्तरीया र रुपन्देही च्यालेन्जर्स तथा दोस्रो खेलमा बिराटनगर किंङ्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुने कार्यक्रम रहेको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *