Friday, April 20

खुमबहादुर खड्काको निधनपछि नेपाली कांग्रेसको बैठक स्थगित / खड्कालाई आज पार्टी कार्यालयमा श्रद्धान्जली दिने

नेका / बैठक स्थगन

निर्वाचनको समीक्षा गर्न चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक हिजो देखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएपछि उहाँप्रति सम्मान प्रकट गर्दै आजका लागि निर्धारित बैठक स्थगित गरिएको हो ।

खड्काको शब आज बिहान ९ बजेसम्म सानेपास्थित उहाँकै निवासमा राखिने र  बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। अपराह्न १ बजेपछि नेता खड्काको आर्यघाटतर्फ शवयात्रा प्रारम्भ हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *