Friday, April 20

मुलुकले स्वच्छता, पारदर्शीता र भष्ट्राचार रहित शासन व्यबस्था खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ

प्रम गापा/महासंघ

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले स्वच्छता, पारदर्शीता र भष्ट्राचार रहित शासन व्यबस्था खोजेको बताउनु भएको छ । गाँउपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिर्वतनलाई प्रभावकारी ढंगले कार्वान्यनयन गरी जनताको समृध्दि र विकासका आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने बताउनु भयो । सिंहदरवारको अधिकार गाँउमा पुर्याइसकिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब जनताले परिर्वतनको महशुस गर्ने गरी सेवा प्रवाह गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभयो ।

३ तहको सरकार नेपालका लागि नयाँ भएको भन्दै प्रधानमन्त्री ओलीले यसको प्रभावकारी कार्वान्यनयनका लागी सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले स्थानीय तहमा ४० प्रतिशत महिला जनप्रतिनिधिहरुको प्रतिनिधित्व रहेको उल्लेख गर्दै सामाजिक रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *