Friday, April 20

छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित र सुदृढ बनाउने प्रधानमन्त्रीको प्रतिबध्दता/भारत भ्रमणमा बिगतमा भएका समझदारी र सम्झौताको कार्यान्यनमा जोड दिइने

प्रम/विशेष सम्बोधन/संसदप्रधानमन्त्री

केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उहाँले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिनुभएको हो । मुलुकको समृद्धिका लागि छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध, भरपर्दो, मैत्रीपूर्ण, समानता, पारस्परिक लाभ र विश्वासयुक्त वातावरणका आधार विकास गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुकलाई विकासका साझेदार बनाउने सरकारको अभीष्ट रहेको स्पष्ट पार्दै शंकारहित र भरपर्दो मित्रता कायम गर्ने सरकारको नीति रहेको बताउनुभयो । उहाँले छिमेकसँगको मित्रतापूर्ण सम्बन्ध, अहस्तक्षेपकारी नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, नेपालको पञ्चशीलको आधार र राष्ट्रहित एवं न्यायपूर्ण सम्बन्ध नेपालको छिमेक सम्बन्धको प्रस्थानबिन्दु भएको बताउनुभयो ।

भारतसँग पुरानो र घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले दुई देशबीच सन् १९५० को सन्धिलगायत विषयमा पुनरवलोकन गर्न प्रबुद्ध व्यक्तिहरुको समूहले समीक्षा गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्र प्रति बर्तमान सरकारको प्रतिवद्धतामा कुनै शंका नगर्न सुझाब दिदै प्रतिपक्षिको खबरदारीलाई आफुले सकारात्मक रुपमा लिने पनि बताउनु भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *