Friday, April 20

मन्त्रिपरिषदको बैठकद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत/ प्रधानमन्त्रीको राजकीय भ्रमण चैत्र २३ देखि २५ गतेसम्म हुने

मन्त्रीपरिषद/बैठक

मन्त्रीपरिषदको हिजो बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले यहि चैत्र २३ देखी २५ गते सम्म गर्नुहुने भारतको राजकीय भ्रमणलाइ स्विकृत गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा वसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले काठमाण्डौ खानेपानि व्यवस्थापनको लागि एशियाली विकास बैकंबाट उपलब्ध हुने १ अर्व रुपैया अनुदान सहयोगलाइ स्विकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

नया संविधान अनुसार चैत्र २८ गतेबाट जिल्ला शिक्षा कार्यालयहरुको म्याद समाप्त हुन लागेकामा आगामी असाढ मसान्त सम्म यथावत रुपमा काम गर्न दिने गरी स्विकृति प्रदान गरिएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *