Friday, April 20

पार्टी एकता सम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बाम एकता संयोजन समितिको बैठकमा पेश/ वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुझाव

एमाले/माओवादी संयोजन बैठक

निर्वाचनदेखि वाम गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकता सम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैचारिक कार्यदलका संयोजक माधवकुमार नेपाल र संगठन कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको संयोजन समितिमा ति प्रतिबेदन बुझाउनुभएको हो ।

यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगो लगाउन संयोजन समितिको बैठक बसेको हो ।

प्रतिवेदनमा आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन एकता घोषणा गर्न सुझाव दिइएको र सो बारे भोलि बस्ने संयोजन समितिको बैठकले निर्णय गर्ने माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नने लगायत एकताका सात बुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए ।

दुई दलबीच गत असोज १७ मा भएको चुनावी तालमेलपछि एकता प्रक्रिया अघि बढेको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *