Friday, April 20

मनाङ मस्र्याङ्दीलाई हराउदै थ्री स्टार विराटनगरमा जारी विराट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा/सेमिफाइनल खेल आजदेखि शुरु हुदै

मोरङ/विराट गोल्डकप

मनाङ मस्र्याङ्दीलाई हराउदै थ्री स्टार क्लब विराटनगरमा जारी विराट गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । हिजो भएको अन्तिम क्वाटर फाइनल खेलमा २–१ ले मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको १९ औं मिनेटमा बिशाल राईले एक गोल गरी मनाङ मस्र्याङ्दीलाई अग्रता दिएपनि दोश्रो हाफको ७१ औं मिनेटमा थ्री स्टारका बिमल घर्ति मगरले एक गोल गरी बराबरी बनाएका थिए । त्यसको ४ मिनेट पछि मार्टिनले दोश्रो गोल गरी थ्री स्टारको जीत सुनिश्चित गरेका थिए ।

नकआउटका आधारमा खेलाइएको सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज झापा ११ र त्रिभुवन आर्मी क्लब बीच हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *