Tuesday, May 22

भिमदत्त राजमार्ग अन्तर्गत कैलाली पचपन्नको मोडमा चार वर्ष पहिले गएको पहिरो जस्ताको तस्तै/ यातायात संचालनमा जोखिम

डडेलधुरा/सडक पहिरो

भिमदत्त राजमार्ग अन्तर्गत कैलाली पचपन्नको मोडमा चार वर्ष पहिले गएको पहिरो अझै हटाइएको छैन । २०७० सालमा त्यहाँ पहिरो गएको थियो ।  सात नम्वर प्रदेशका पहाडि जिल्लाको एक मात्र प्रमुख राजमार्गको रुपमा रहेको भिमदत्त राजमार्गमा गएको पहिरो नहटाउँदा सो स्थानमा जोखिम मोलेर यातायात संचालन हुने गरेका छन् ।

वर्षातको समयमा यातायात संचालनमा झनै समस्या हुने गरेको छ । पहिरो संगै आएका ठुला ढुंगा सडकमा रहेका छन् भने सडक पुर्ण रुपमा भत्त्कीएको छ ।

सडक माथिको पहाड नै भासिएकाले सडक विभागको विज्ञ टोलीलाई अनुसन्धान गर्न आग्रह गरिएको डिभिजन सडक कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *