Friday, April 20

प्रधानमन्त्री ओलीले आजदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्नुहुदै / भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने राष्ट्रपतिको विश्वास

प्रम/भारत भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । ३ दिने सो भ्रमणमा द्विपक्षीय हित, आपसी सद्भाव र आर्थिक समृद्धिका विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलि आज बिहान नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।।१००%

प्रम/राष्ट्रपति भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आजदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन हिजो शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने बताउनुभएको हो ।

राष्ट्रपतिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *