Friday, April 20

इस्लामिक स्टेट समूह बोको हरामको अपहरणमा परेका मध्ये ११२ जना अझै वेपत्ता / बेपत्तामध्ये १५ जना मात्रै जीवित रहेको आशंका

नाइजेरिया/बालिका अपहरण

इस्लामिस्ट समूह बोको हरामले नाइजेरियामा केहि वर्षअघि अपहरण गरेका २ सय ७६ जना छात्राहरुमध्ये १ सय १२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता पारिएका स्थानीय चिबक स्कुलका बालिका मध्ये १५ जना मात्रै जीवित रहेको सो समूहसँग सम्पर्क भएका नाजेरियाली पत्रकारहरुले दावी गरेका छन् ।

चार वर्ष अघि बोको हराम समूहले २ सय ७६ जना स्कुले बालिकाहरुको अपहरण गरेको थियो । त्यस मध्ये धेरैजसो छात्राहरु अपहरण मुक्त भइसकेका छन् । सरकारले छात्राहरुको रिहाईका लागि वार्ता गरे पनि त्यो सफल हुन सकेको छैन ।

नाइजेरियाली सरकारका प्रवक्ताले सरकार बोको हरामसँग बेपत्ता रहेका १ सय १२ किशोरीहरुको सुरक्षित रिहाईका लागि छलफल भइरहेको जनाएको बिबिसीले उल्लेख गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *