प्रम/रारा पर्यटन बर्ष
कर्णाली-रारा पर्यटन वर्ष शुभारम्भ भएको छ । यस अबसरमा आयोजना गरिएको रारा महोत्सव एवं रारा पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मुगुको रारा ताल किनारमा आयोजित कार्यक्रममा शुभारम्भ गर्नुभएको हो । कर्णाली-रारा पर्यटन वर्षको पहिलो दिन हिजो करिव १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेको जनाइएको छ ।
महोत्सवको उद्घाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले सबै प्रदेश र क्षेत्रले आफ्ना मौलिक संभावनाबाटै सम्बृद्धीको बाटो पहिल्याउनु पर्ने बताउनुभयो ।
कोही नेपाली गरिव नहुन कोही नेपाली भोको नरहुन भन्ने लक्ष सहित सरकारले गरिवी निवारणका लागि काम गरिरहेकोले त्यसमा सघाउन सबैले आ-आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।