Tuesday, May 22

सप्तरीमा ६ दिनदेखि विद्युत सेवा प्रभावित/जिल्लाभरका ६५ हजार उपभोक्ता समस्यामा

सप्तरी/विद्युत सेवा

सप्तरीको विद्युत् सेवा प्रभावित भएको छ । नियमित प्रयोगमा रहेका दुईवटा ३३ केभीको पावर ट्रान्सफर्मर मध्ये एउटा पड्किएपछि जिल्लाभरि छ दिनदेखि विद्युत् सेवा प्रभावित भएको हो । सप्तरी सदरमुकाम राजविराज र अन्य क्षेत्रको विद्युत् आपूर्तिका लागि दुई वटा पावर ट्रान्सफर्मर प्रयोगमा थिए ।

त्यसमध्ये सदरमुकाम राजविराजका लागि प्रयोग भइरहेको ट्रान्सफर्मर गत शुक्रबार राति पड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।

विद्युत् अनियमित भएपछि जिल्लाका करिब ६५ हजार उपभोक्ता प्रभावित भएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *