Tuesday, May 22

पेरुको उत्तर तटीय क्षेत्रमा करिब पाँच सय वर्षअघि १४० जना बालबालिकालाई वली दिएको प्रमाण फेला परेको नेशनल ज्रोगाफीकको दावी

पेरु/बालबालिका बली

पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने नेसनल जियोग्राफिकले जनाएको छ । नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एकै समय १ सय ४० जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएका छन् ।

प्राप्त प्रमाण अनुसार बालबालिकालाई यसरी सबैभन्दा ठूलो संख्यामा बलि दिइएको मानव इतिहासमा नै ठूलो घटना भएको बताइएको छ । पेरुको टरुकिलियोमा त्यस्तो तथ्य फेला परेको जनाइएको छ ।

बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन् । बलि दिइएहरुमा पाँचदेखि १४ वर्षमुनिका जम्मा १४० जना बालबालिकाको रहेका छन् । अधिकांश बालबालिका आठदेखि १२ वर्षबीचको भएको नेसनल जियोग्राफिकले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *