Tuesday, May 22

मे दिवसका दिन फ्रान्सको पेरिसमा हिंसा भड्किदा ठूलो भौतिक क्षति/राष्ट्रपति म्याक्रोनको सार्वजनिक क्षेत्रको श्रम सुधार सम्बन्धी नीतिको बिरोध

पेरिस/मे डे हिंसा

फ्रान्सको पेरिसमा मे दिवसका दिन हिजो व्यापक हिंसात्मक घटना भएको छ । मे दिवसको दिन भएको हिंसात्मक प्रदर्शनका क्रममा थुप्रै पसलहरु तोडफोड गरिनुका साथै कारहरुमा आगजनी गरिएको छ । पेरिस प्रहरीले हिंसात्मक प्रदर्शनमा संलग्न २ सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोनको सार्वजनिक क्षेत्रको श्रम सुधार सम्बन्धी नीतिको बिरोधका क्रममा निस्किएको र्‍याली हिंसात्मक बनेको हो । बिभिन्न श्रम संगठन आबद्ध करिब ५५ हजार प्रदर्शनकारीमध्ये १२ सय भन्दा बढी मुखमा कालो मास्क लगाएर सडकमा आएको र उनिहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा समेत प्रयोग गर्नुपरेको थियो ।

प्रदर्शनका क्रममा १ जना प्रहरी अधिकारी सहित ४ जना प्रदर्शनकारी घाइते भएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *