Tuesday, May 22

दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी/झापा ११ शुन्यका विरुद्ध ४ गोलले पराजित

झापा/दमक गोल्डकप

झापाको दमकमा आयोजित दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ लाई ४–० ले पराजित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ विजयी भएको छ । एकेडेमीका लागि विदेशी खेलाडी म्यापवेल इलोनले दुई तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एक÷एक गोल गरे । खेलको १२ औं मिनेटमा इलोनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

दोस्रो गोल २४ औँ मिनेटमा प्रकाश बुढाथोकीले र ३८ औं मिनेटमा पुनः इलोनले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेर अग्रता दिलाए । त्यस्तै, खेलको ५८ औँ मिनेटमा विदेशी खेलाडी आबाले वान भर्सेज वानमा गोल गरेर गोल अन्तर फराकिलो बनाए ।

आज आयोजक दमक नगरपालिका र रुपन्देही ११ बीच खेल हुनेछ । वैशाख २८ गतेसम्म संचालन हुने प्रतियोगिताको हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *