Tuesday, May 22

अमेरिकाको जर्जिया राज्यमा सैनिक कार्गो विमान दुर्घटना / ९ जनाको मृत्यु

अमेरिका/कार्गो विमान दुर्घटना

अमेरिकाको जर्जिया राज्यमा सैनिक कार्गो विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको आशंका रहेको अधिकारीहरुले जनाएका छन् । तटीय सहर साभानाथको स्थानीय विमानस्थल विमान नजिकै खसेको जनाइएको छ ।

प्युर्टो रिको एयर नेसनल गार्डको विमान प्रशिक्षण उडानमा रहेको नेसनल गार्डले जनाएको छ । सामाजिक संजालमा सार्वजनिक गरिएका तस्वीरहरुमा आकासमा कालो धुँवा र आगोको मुस्लो सहित विमान खसेको देखिन्छ ।

विमानमा पाँच जना चालक दलका सदस्य अन्य चार जना यात्री सहित ९ रहेको नेसनल गार्डको भनाई छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *