Tuesday, May 22

दमक गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजबाट क्वाटर फाइनलका खेल सुरु हुँदै/हिजोको खेलमा आयोजक दमकसँग रुपन्देही टाइब्रेकरमा पराजित

झापा/दमक गोल्डकप

झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत हिजोको खेलमा आयोजक दमक ११ विजयी भएको छ । दमकले रुपन्देही ११ लाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गरेको हो । विजेता दमक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । पहिलो गोल खेलको २७ औं मिनेटमा आयोजकका विकेश लिम्बूले गरेका थिए भने ८१ औं मिनेटमा रुपन्देहीका नितिन थापाले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

प्रतियोगितामा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुने कार्यक्रम छ । पहिलो क्वाटरफाइनल खेल आज सशस्त्र प्रहरीको एपीएफ र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच खेल हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *