Tuesday, May 22

पार्टी एकीकरणका लागि एमाले र माओवादी केन्द्रको शीर्ष तहमा छलफल/एकता घोषणाको मिति अझै टुंगो लाग्न सकेन

प्रम/प्रचण्ड बालुवाटार भेट

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणका विषयमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो २ पटक भएको छलफलमा दुई पार्टीको एकता मिति छिट्टै तय गर्ने बारेमा उहाँहरुबीच कुराकानी भयो । पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरुबीच पछिल्लो समय एकताकै विषय लिएर पटक-पटक छलफल भएको छ ।

दुवै पार्टीले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन दुवै अध्यक्षहरुलाई जिम्मा दिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *