Tuesday, May 22

फौजदारी अभियोगमा पक्राउ परेका सांसदको स्वतः निलम्बनबारे संसदको नियमावली मस्यौदा समितिमा विवाद/विवाद समाधान गर्न शिर्ष तहमा छलफल गरिने

भक्तपुर/नियमावली मस्यौदा

नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा पक्राउ परेका सांसद स्वतः निलम्बन हुने–नहुने भन्ने विवाद समाधान गर्न शिर्ष तहमा छलफल गर्ने भएको छ ।

संघीय संसदको नियमावली मस्यौदा समितिमा विवाद भएपछि शीर्ष तहमा छलफल गरिने भएको हो । सभामुख कृष्णवहादुर महराले हिजो बोलाउनुभएको सर्वदलीय बैठक निष्कर्ष नसकेपछि समितिले आज शिर्ष तहबाट सहमतिको प्रयास खोज्ने र भोलि निर्णायक बैठक बस्ने जनाएको छ ।

फौजदारी अभियोगमा परेका सांसद स्वतः निलम्बन हुने यसअघिकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने पक्षमा सत्तारुढ दलका सांसदहरु छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अभियोग प्रमाणित नहुँदै निलम्बनको प्रावधान राख्न नहुने अडान लिएको छ ।

बैठकपछि सभामुख महराले समितिभित्रैबाट सहमति खोज्न आफुले सुझाव दिएको बताउनुभयो । गत फागुन २२ गते बसेको प्रतिनिधि सभाको बैठकले ’प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ गठन गरेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *