Tuesday, May 22

व्यवसायीको बन्दले काठमाडौ उपत्यकामा यातायात सेवा सामान्य प्रभावित/यातायात सञ्चालन नगर्ने समितिको तत्काल रुट खारेज गर्ने सरकारको तयारी

यातायात व्यवसायी/आन्दोलन

यातायात व्यवसायीहरुले गरेको बन्दले अहिले काठमाडौ उपत्यकामा यातायात सेवा सामान्य रुपमा प्रभावित भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात ठप्प पार्ने घोषणा गरेसँगै आज सार्वजनिक सवारीका साधनहरु कम मात्र चलेका छन् । सवारीका साधन पर्याप्त उपलब्ध नहुँदा सर्वसाधारणलाई बिहानैदेखि केही समस्या परेको छ ।

यसैबीच सरकारले आज यातायात सेवा सञ्चालन नगर्ने समितिहरुको तत्काल रुट खारेज गर्ने जनाएको छ । सिन्डिकेट लगाउनेहरुसँग नझुक्ने रणनीति लिएको सरकारले आज सेवा नदिने सार्वजनिक सवारीको रुट परमिट खारेज गर्ने यातायात व्यवस्था विभागले जनाएको हो ।

यसक्रममा सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्नेविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने भएको छ । यसैबीच व्यवसायीले आन्दोलन गरेपनि सेवा बन्द नहुने प्रवन्ध मिलाइएको विभागले जनाएको छ ।

यसक्रममा काठमाडौ उपत्यकामा साझा, मयुर र अन्नपूर्ण यातयात लगायत अन्य केही यातायात कम्पनीले बन्दका समयमा पनि सेवा दिएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *