Tuesday, May 22

थ्रिस्टार क्लव उदयपुरमा जारी उदयपुर गोल्डकपको सेमिफाइनलमा / हिजोको खेलमा मोरङ ११ एक का विरुद्ध ४ गोलले पराजित

मणी शाह/निधन

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको निधन भएको छ । कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ अस्पताल भर्ना हुनुभएका शाहको हिजो साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शाह ५१ वर्षको हुनुहुन्थ्यो ।

मणी शाहले १७ वर्षको उमेरमा सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफमा राष्ट्रिय टिमबाट खेल्नु भएको थियो ।

एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गर्नुभएको थियो । सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्नुभएका ।

मणीले मनाङ मस्र्याङ्दी, आरसीटी, एनआरटी, फ्रेण्डस, ब्वाइज क्लब, आरएनएसीबाट समेत फुटबल खेल्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *