Tuesday, May 22

प्लेस्टाइनको गाजा क्षेत्रमा इजराइली सेनाले गरेको आक्रमणमा ५५ जनाको मृत्यु / २७ सय घाइते

इजरायल/गाजा हिंसा

प्लेस्टाइनको गाजा क्षेत्रमा इजराइली सेनाले गरेको आक्रमणमा परी ५५ जना सर्वसाधारणको मृत्यु हुनुका साथै २ हजार ७ सय जना घाइते भएका छन् ।

गाजाका लागि सन् २०१४ को युद्ध पछिको सबैभन्दा हिंसात्मक दिन भएको प्लेस्टाइनी अधिकारीहरुले जनाएका छन् ।

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्हुले इजरायल ध्वस्त बनाउन चाहने इस्लामिस्ट शासक हमासका विरुद्ध आफ्ना सैनिकहरुले प्रतिरक्षात्मक कारवाही गरेको बताउनु भएको छ ।

प्लेस्टाइनी नेताले गाजामा भएको नरसंहारको निन्दा गरेका छन् । यसै गरी संयुक्त राष्ट्र संघले सो घटनालाई गम्भीर मानव अधिकार उल्लंघन भएको बताएको छ । अमेरिकाले विवादस्पद जेरुसलममा दुतावास स्थापना गरेसँगै द्वन्द् शुरु भएको हो । अमेरिकाले प्यालेष्टिनीको ब्यापक विरोधका बाबजुद पनि आफ्नो राजदूताबासलाई तेल अभिभबाट जेरूसेलममा सारेको छ ।

प्यालेस्टाइनले पूर्वी जेरुसलमलाई भविष्यमा आफ्नो राजधानीका रुपमा दाबी गर्दै आएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *