Tuesday, May 22

दुई नम्बर प्रदेशका मुख्यमन्त्रीको अभिव्यक्ति सर्वभौमसत्ता बिरोधी भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण/झन्डाको बिषयमा स्पष्‍टिकरण माग

राष्ट्रिय झण्डा/कारवाही

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त संबोधन गर्ने क्रममा राखिएको नेपालको झण्डा संबिधानमा उल्लेख भएको भन्दा फरक भएको भन्दै सरकारले चार जनालाई स्पष्टिकरण सोधेको छ ।

झण्डाको आकार र स्वरुपमा परिवर्तन भएको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रदेश नं २ का प्रमुख सचिव र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशनिक अधिकृतलाई तीन दिनभित्र लिखित  स्पष्टिकरण पेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *