Tuesday, May 22

नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने सरकारको निर्णय/भारतका प्रधानमन्त्रीको भ्रमण नेपालको हितमा रहेको निश्कर्ष

मन्त्रिपरिषद बैठक

सरकारले आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । त्यसैगरी मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ ।।

संसद बैठक/विशेष समय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालको स्वाधिनता र सार्भौमसत्ता विरुद्ध केही गतिविधि देखिएको भन्दै त्यसप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले २ नम्बर प्रदेश प्रमुखमन्त्रीले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित र राजनीतिक संस्कार सम्मत नभएको बताउनुभयो । सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतिय जनता पार्टिका सांसदले नेपालको वारेमा गरिएको ट्विट नेपाली स्वतन्त्रता र अखण्डता विरुद्ध भएको भन्दै त्यसको सरकारले निन्दा र भत्सर्ना गरेको वताउनु भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *