Tuesday, May 22

सुनसरी ११ पाँचौ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश/सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस, एपीएफ र आर्मी उपाधि नजिक

तुलसी/उदयपुर/ गोल्डकप

सुनसरी ११ उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको अन्तिम क्वाटरफाईनल खेलमा पेनाल्टी सुटआउटबाट नेपाल पुलिस क्ल्वलाई पराजित गर्दै सुनसरी ११ सेमिफाईनलमा प्रवेस गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै तर्फ निर्धारित समय र अतिरिक्त १५ मिनेटको समयमा समेत ३–३ गोल भए पछि खेल पेनाल्टी सुटआउटमा पूगेको थियो ।

पेनाल्टी सुटआउटमा सुनसरीको तर्फ बाट अनिल धामी, बुद्धीमान राई, निसान लिम्बुले गोल गरेका थिए भने पुलिसको तर्फबाट अभिषेक रिजाल, रिजन सुब्बाले गोल गरेका हून् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *