Tuesday, May 22

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द/अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टी व्यक्त

उत्तर दक्षिण कोरिया/वार्ता रद्द

उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टी जनाउँदै उत्तरले वार्ता रद्द गरेको हो । उत्तर कोरियाको सरकारी समाचार संस्थाले संयुक्त सैनिक अभ्यास उत्तरलाई उत्तेजित बनाउने र हस्तक्षेपको पूर्वाभ्यास भएको जनाएको छ ।

दक्षिण र अमेरिकी सैन्य अभ्यासले उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आउँदो जुन १२ मा सिंगापुरमा हुने भनिएको ऐतिहासिक शिखर वार्ता समेत प्रभावित हुने संकेत उत्तरले गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *