Tuesday, May 22

यातायात समितिको नाममा रहेको सम्पत्ति खोजबिन तीव्र/१५ दिनभित्र सम्पत्ति विवरण खोजेर पठाउन स्थानीय प्रशासनलाइ गृह मन्त्रालयको निर्देशन

गृहमन्त्रालय/यातायात समिति

सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । गृह मन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल शेयर र सम्पत्तिको विवरण १५ दिनभित्र तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपाललगायतको उपस्थिति रहेको थियो ।

यसअघि एकाधिकार हटाउने सरकारको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत वैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नुका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो ।

सो क्रममा गृह मन्त्रालयको निर्देशनअनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *