Tuesday, May 22

कुनै पनि दिन माओबादि केन्द्रसंग पार्टि एकता हुने प्रधानमन्त्री ओलीको भनाइ/ एकतापछि समृद्धि र सुशासनका लागि देशव्यापी अभियान सञ्चालन गरिने

प्रम/युवा संघ

प्रधानमन्त्री केपी शर्मा ओलीले २-३ दिनको छोटो मिति राखेर कुनैपनि दिन माओबादी केन्द्रसंग पार्टी एकता हुने बताउनुभएको छ । युवा संघ नेपालको २८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्नुभयो ।

सबैलाइ समान अधिकार, व्यवहार र सम्मान प्रदान गर्न संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली लागु गरिएको प्रधानमन्त्रीले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण र सिन्डिकेट तोड्ने जस्ता कामले शुद्धता कायम गर्ने हुँदा शुद्धता अभियानमा लाग्न युवाहरुलाइ उहाँले आह्वान गर्नुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीले हालै गर्नुभएको भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा कही पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने खालको अभिव्यक्त नरहेको उल्लेख गर्नुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *