Tuesday, May 22

बैदेशिक रोजगार क्षेत्रमा रहेको सिण्डीकेट र अनावश्यक शुल्कहरु हटाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय

श्रम मन्त्री/पत्रकार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगार क्षेत्रमा रहेको सिण्डीकेट हटाउने निर्णय गरेको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकर्ण विष्टले मन्त्रालयका निर्णयहरुबारे जानकारी दिनुहुदै बैदेशिक रोजगारीमा जानेहरुले अब सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य संस्थामा पनि स्वास्थ्य परिक्षण गराउन सक्ने बताउनुभयो । हालसम्म बैदेशिक रोजगार व्यवसायीहरुले तोकेका ३९ वटा स्वास्थ्य संस्थाहरुमा मात्रै स्वास्थ्य परीक्षण गर्न बैदेशिक रोजगारमा जानेहरुलाई वाध्य पारिएको थियो  । मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो । हरेक बर्ष करीब डेढ लाखको संख्यामा कामदार जाने मलेसियालाइ केन्द्रित गरी मन्त्रालयले बैदेशिक रोजगारीको क्षेत्रमा सुधारको थालनी गरेको छ । नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार १२५ मलेसियन रिङगेट, मलेसियन दूतावासमा एकीकृत सेवा (OSC)का नाममा लिइने दुई हजार ८ सय रुपैया र भ्याट, माइग्रेसन सेक्युरिटी बापत तीन हजार २ सय रुपैया, अनलाइनबाट भीसा प्रक्रिया वापतको शुल्क तीन हजार २ सय लिने काम अवैध, अवाञ्छित र गैरकानूनी भएकाले खारेज गराइने मन्त्री विष्टले जानकारी दिनुभयो । यो निर्णयबाट नेपाली कामदारको झण्डै १८ हजार रुपैया बचत हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *