Tuesday, May 22

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का खेलकुद पत्रकार मंचको वर्ष पुरुष खेलाडी बन्न सफल/वर्ष महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचन घोषित

पल्सर स्पोर्टस अवार्ड

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का नेपाल खेलकुद पत्रकार मंचको वर्ष पुरुष खेलाडी बन्न सफल भएका छन । २०७४ सालमा नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएको प्रदर्शनको आधारमा पारस वर्ष पुरुष खेलाडी बन्न सफल भए । पारसको ब्यक्तिगत उत्कृष्ट प्रदर्शन र कप्तानीमा नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भएको थियो ।

यसैगरी वर्षको महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचन घोषित भएकी छिन । शोभाले योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा दिपेश धामीसंगै मिक्स डबलको उपाधी जितेकी थिइन । एस एम एस मतदानको आधारमा दिइने पिपल्स च्वाइस अवार्ड टेबल टेनिसका श्यान्टु श्रेष्ठले जितेका छन । नेपाली क्रिकेट टिमका लागी १ वर्षमा सर्वाधिक विकेट लिने शन्दिप लामिछाने उत्कृष्ट युवा खेलाडी बन्दा क्रिकेटकै प्रशिक्षक जगत टमाटा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

क्रिकेटका करण केसिलाइ स्पेशल अवार्ड र फुटबलका पुर्व राष्ट्रिय खेलाडी अशोक केसिलाइ लाइफटाइम आवार्ड बाट पुरष्कृत गरियो । पारा एथलिटको अवार्ड बास्केटबल र क्रिकेटका खेलाडी हिमाल अर्यालले प्राप्त गरे । वर्ष महिला/ पुरुष खेलाडि र पिपल्स च्वाइ अवार्डका विजेता प्रत्येकले एक/एक वटा मोटरसाइकल प्राप्त गरे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *