Tuesday, January 23

व्यवस्थापिका/संसद वैठक

व्यवस्थापिका–संसद्को हिजोको बैठक पनि स्थगित भएको छ । हिजो बस्ने बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची थियो । संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोगको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको छ । यता संविधान संशोधन प्रस्तावमा समेत दलहरुबीच सहमति बन्न सकेको छैन । बैठक आज वस्ने कार्यक्रम छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *