Tuesday, May 22

Author: NTV

वागचौर नगरपालिकास्थित ब्यापारिक केन्द्र बाँगेलाखुरीमा आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन् ।

वागचौर नगरपालिकास्थित ब्यापारिक केन्द्र बाँगेलाखुरीमा आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन् ।

District News
सल्यान/आगोलागी अपडेट वागचौर नगरपालिकास्थित ब्यापारिक केन्द्र बाँगेलाखुरीमा आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन् । हिजो दिउँसो भएको आगलागिमा परी ब्यापारिक केन्द्रका नास्ता पसल, टेलरिङ सेन्टर, सुनचादी पसल, कोल्ड स्टोर, किराना पसल जलेर नष्ट भएका हुन् । आगलागीले २ करोड ५० लाख बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दिँउसो लागेको आगो स्थानीय र प्रहरीको सकृयतामा साँझपख नियन्त्रणमा आएको थियो । यसैवीच आगलागी भएको स्थानमा कर्णाली प्रदेश सभा सदस्य गुलाव जंग शाह, वागचौर नगरपालिकाका नगरप्रमुख लोकमान वुढाथोकी सहितको टोलीले आगलागि भएको वजार पुगेर पीडित संग भेट गर्नु भएको छ ।।
भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ ।

भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ ।

World News
भारत/सौर्य उर्जा भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतको नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन उद्धघाटन समारोहमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत उत्पादन गरिने बताउँनु भयो । त्यस मध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने योजना रहेको उहाँले बताउनु भयो । भारतले हाल २० गिगावाट विद्युत सौर्य शक्तिबाट उत्पादन गर्न सफल भएको छ । परम्परागत स्रोतबाट विद्युत उत्पादन गरिरहेको भारतले थप विद्युत उत्पादनको स्रोत नवीकरणीय उर्जालाई बनाउने पनि त्यस बखत जानकारी दिइयो । सौर्य अध्ययन बत्ती योजना मार्फत् ७० लाख विद्यार्थीलाई उज्यालोको पहुचमा पुर्याउने लक्ष सरकारले लिएको बताइएको छ ।।
इलामको गाग्रेभञ्ज्याङबाट जीतपुर नवमी सोयाक चिसापानी जोड्ने सडक सुधार भएपछि स्थानीयबासीलाई सुविधा भएको छ

इलामको गाग्रेभञ्ज्याङबाट जीतपुर नवमी सोयाक चिसापानी जोड्ने सडक सुधार भएपछि स्थानीयबासीलाई सुविधा भएको छ

District News
इलाम/सडक निर्माण इलामको गाग्रेभञ्ज्याङबाट जीतपुर नवमी सोयाक चिसापानी जोड्ने सडक सुधार भएपछि स्थानीयबासीलाई सुविधा भएको छ । पहिलो खण्ड अन्तर्गत गाग्रे भञ्ज्याड. देखि सिद्धिथुम्काको नामथला सम्म नाली, कल्भर्ट र टेवा पर्खाल निर्माण गरी ग्राभल गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर ओमराज ढुंगानाले आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । सडक बनेसँगै पश्चिमी इलामका बासीन्दालाई तराई सम्पर्क सहज भएको छ । कृषि उपज लान र बजार जान आउन सहज भएको हो । सडक निर्माण सँगै दैनिक बस र ट्याक्सीहरु झापा विर्तामोडसम्म चल्न थालेका छन् । यस अघि झापा जान सदरमुकाम इलाम बजार हुदै जानुपर्ने बाध्यता स्थानीयको थियो ।।
कैलालीको घोडाघोडी नगरपालिका—५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जना अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ

कैलालीको घोडाघोडी नगरपालिका—५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जना अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ

District News
कैलाली/आरोपीहरु पक्राउ कैलालीको घोडाघोडी नगरपालिका—५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जना अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । सोही नगरपालीकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई गोली र खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई पनि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्बजनिक गरेको छ । बोक्सी आरोपमा राधालाई कुटपिट गर्ने आरोपमा प्रहरीले घोडाघोडी नगरपालिकाका रामबहादुर चौधरी, किस्मती चौधरी, बेदप्रसाद चौधरी, स्मारिका चौधरी, चनकला चौधरी र सितारानी चौधरीलाई सार्वजनिक गरेको हो । नगर प्रमुखमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका घोडाघोडी नगरपालिकाका कमल क्षेत्री, भरतबहादुर शाह, धनगढी उपमहानगरपालिकाका पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिकाका हृदयराज बोगटीलाई पनि सार्वजनिक गरिएको छ । नगरप्रमुखमाथि आक्रमण गर्ने अरु ९ जनाको
चीन सरकारले नेपाललाई भूकम्पपछिको पूनर्निर्माण कार्यक्रम अन्तर्गत तातोपानी चेकपोष्ट, सिन्धुपालचोक अस्पताल र जिरी माध्यमिक विध्यालयको पुनर्निर्माणमा सघाउने

चीन सरकारले नेपाललाई भूकम्पपछिको पूनर्निर्माण कार्यक्रम अन्तर्गत तातोपानी चेकपोष्ट, सिन्धुपालचोक अस्पताल र जिरी माध्यमिक विध्यालयको पुनर्निर्माणमा सघाउने

Business
अर्थ सम्झौता चीन सरकारले नेपाललाई भूकम्पपछिको पूनर्निर्माण कार्यक्रम अन्तर्गत तातोपानी चेकपोष्ट, सिन्धुपालचोक अस्पताल र जिरी माध्यमिक विध्यालयको पुनर्निर्माणमा सघाउने भएको छ । तातोपानी चेक पोष्ट पूननिर्माण अन्तर्गत तातोपानी भन्सार कार्यालयको भूकम्पबाट क्षति पुगेका भौतिक पूर्वाधारहरुको पूनर्निर्माण गरिने छ भने सिन्धुपाल्चोक अस्पताल पूनर्निर्माण अन्तर्गत मझौला स्तरको ३९ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने छ । यसैगरि भूकम्प पछिको पूननिर्माण कार्यक्रम अन्तर्गत जिरी माध्यामिक विध्यालयको पूननिर्माण गरिने छ । सो सम्बन्धि सहमति पत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिब शंकरप्रसाद अधिकारी र चीन सरकारका तर्फबाट नेपालका लागि चीनका राजदूत यू होङले हस्ताक्षर गर्नु भयो । त्यसबखत राजदूत यू होङले नेपालको सामाजिक आर्थिक विकासमा
राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता/राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः उम्मेदवार बनाउने एमालेको निर्णय ।

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता/राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः उम्मेदवार बनाउने एमालेको निर्णय ।

National, Politics
राष्ट्रपति/उम्मेदवार मनोनयन नयाँ राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम अनुसार भोलि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । राष्ट्रपति पदको निर्वाचन यही फागुन २९ गते मंगलबार हुँदैछ । यसैबीच निर्वाचन आयोगले हिजो मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका ८८० जना सदस्यहरु मतदाता रहेका छन् ।। नेकपा एमाले/बैठक नेकपा एमालेले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको गएराती अबेर सम्पन्न बैठकले राष्
सभामुखको निर्वाचन आउँदो शनिबार हुने/राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति फागुन ३० गतेका लागि तोकियो ।

सभामुखको निर्वाचन आउँदो शनिबार हुने/राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति फागुन ३० गतेका लागि तोकियो ।

National, Politics
राष्ट्रियसभा/बैठक राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही यही फागुन ३० गते हुने भएको छ । जेष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा हिजो बसेको बैठकले आउँदो बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने मिति तोकेको हो । बैठकले नियमावली मस्यौदा समिति समेत गठन गरेको छ । नौ सदस्यीय समितिमा गणेश तिमिल्सिना, परशुराम मेघी गुरुङ, जीवन बुढा, प्रमिला कुमारी, सुरेन्द्रराज पाण्डे, दीलकुमारी रावल थापा, वृशेष चन्द्रलाल, दिनानाथ शर्मा र राधेश्याम अधिकारी रहनु भएको छ । राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।।
इलामका स्थानीय तहमा अझै बैंकिङ सेवा पुग्न सकेन/कर्मचारीका तलव र सामाजिक सुरक्षा भत्ताको रकम निकासामा झन्झट ।

इलामका स्थानीय तहमा अझै बैंकिङ सेवा पुग्न सकेन/कर्मचारीका तलव र सामाजिक सुरक्षा भत्ताको रकम निकासामा झन्झट ।

District News
इलाम/बैंक समस्या इलाममा स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएपनि बैंकका शाखा सदरमुकाममा हुँदा तलब, सामाजिक सुरक्षा भत्ताको रकाम निकासा गर्न भने झन्झट भएको छ । केन्द्रको धेरै अधिकार स्थानीय तहमा आएपनि बैंक नहुदा भने आर्थिक कारोबारका लागि उपभोक्ता समिति पनि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।।
रसियाको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ

रसियाको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ

World News
सिरिया/रुसी विमान दुर्घटना रसियाको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान अवतरणका क्रममा तटीय शहर लाटाकिया नजिकै दुर्घटना भएको रक्षा मन्त्रालयलाई उदृत गर्दै रसियाली संचार माध्यमहरुले जनाएका छन् । विमानमा सवार सबै ३९ जना सैनिकको मृत्यु भएको बताइएको छ । यस अघि ३२ जनाको मात्रै मृत्यु भएको बताइएको थियो । विमान बाहिर आक्रमण वा विष्फोटबाट नभई प्राविधिक गडबडीले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाको छानविन भइरहेको छ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।।
स्टिल आयातको कर वृद्धिमा असहयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति आफ्नो मुख्य राजनीतिक सल्लाहकारसँग रुष्ट/सल्लाहकार ग्रेद्वारा राजिनाको तयारी ।

स्टिल आयातको कर वृद्धिमा असहयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति आफ्नो मुख्य राजनीतिक सल्लाहकारसँग रुष्ट/सल्लाहकार ग्रेद्वारा राजिनाको तयारी ।

World News
ट्रम्प सल्लाहकार/राजिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मुख्य राजनीतिक सल्लाहकारले ग्रे कोहनले राजिनामा दिन लागेको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पको समूहबाट बाहिरने श्रृखलामा राजनीतिक सल्लाहकार कोहन पछिल्लो उच्च ओहोदाको व्यक्तित्व हुनुहुन्छ । ह्वाइट हाउसबाट जारी वक्तव्यमा कोहनले आफ्नो देशलाई यतिञ्जेल सेवा गर्न पाएकोमा गौरवान्वित भएको बताउनु भएको छ । राष्ट्रपति ट्रम्पको आल्मोनियम र स्टिलको आयातमा शुल्क लगाउने योजनामा स्वतन्त्र व्यापारका समर्थक कोहनले साथ नदिएपछि ट्रम्प क्रोधित भएको आँकलन गरिएको छ । गोल्डम्यान साच बैंकका पूर्व अध्यक्ष कोहनले राष्ट्रपति ट्रम्पलाई गतवर्ष कर सम्बन्धी संशोधन पारित गर्न सघाएका थिए ।।