Friday, April 20

Business

आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण अवसर आएको प्रधानमन्त्रीको भनाइ/आर्थिक विकासको लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता

आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण अवसर आएको प्रधानमन्त्रीको भनाइ/आर्थिक विकासको लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता

Business, District News, National, Politics
प्रधानमन्त्री/रारा संवोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ ।  निर्वाचनको सफलतासँगै नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले इतिहासले आर्थिक विकास र समृद्धिका लागि आफूहरुलाई अभूतपूर्व अवसर प्रदान गरेको बताउनुभएको हो । मुगुको राराताल क्षेत्रबाट आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अबको सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु भनेको आर्थिक समृद्धि भएको बताउनुभयो । प्रधानमन्त्रीले 'विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइने बताउनु भयो । आफ्नो संवोधनका क्रममा प्रधानमन्त्री ‌ओलीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने र त्यसका लागि आवश्य
कर्णाली-रारा पर्यटन वर्ष शुरु/प्रधानमन्त्रीद्वारा मुगुकी एक बालिकालाइ विद्यालयमा भर्ना गरी राष्ट्रिय भर्ना अभियानको शुभारम्भ

कर्णाली-रारा पर्यटन वर्ष शुरु/प्रधानमन्त्रीद्वारा मुगुकी एक बालिकालाइ विद्यालयमा भर्ना गरी राष्ट्रिय भर्ना अभियानको शुभारम्भ

Business, District News, National
प्रम/रारा पर्यटन बर्ष कर्णाली-रारा पर्यटन वर्ष शुभारम्भ भएको छ । यस अबसरमा आयोजना गरिएको रारा महोत्सव एवं रारा पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मुगुको रारा ताल किनारमा आयोजित कार्यक्रममा शुभारम्भ गर्नुभएको हो । कर्णाली-रारा पर्यटन वर्षको पहिलो दिन हिजो करिव १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेको जनाइएको छ । महोत्सवको उद्घाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले सबै प्रदेश र क्षेत्रले आफ्ना मौलिक संभावनाबाटै सम्बृद्धीको बाटो पहिल्याउनु पर्ने बताउनुभयो । कोही नेपाली गरिव नहुन कोही नेपाली भोको नरहुन भन्ने लक्ष सहित सरकारले गरिवी निवारणका लागि काम गरिरहेकोले त्यसमा सघाउन सबैले आ-आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।
दुधकोशी एकबार सडक निर्माणको काम अबरुध्द/ सडक खन्दा पहिरोले वस्तीलाई जोखिममा पार्ने भएपछि स्थानीयको अबरोध

दुधकोशी एकबार सडक निर्माणको काम अबरुध्द/ सडक खन्दा पहिरोले वस्तीलाई जोखिममा पार्ने भएपछि स्थानीयको अबरोध

Business, District News
ओखलढुङ्गा/दुधकोशी सडकदुधकोशी एकबार सडक निर्माणको क्रममा पहिरोले वस्तीलाई जोखिममा पार्ने भएपछि स्थानीयको अबरोधका कारण सडक निर्माण अबरुद्ध भएको छ । पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।
कृतिम इन्टेलिजेन्सकी धनी रोबोट सोफिया नेपालमा/दिगो विकासका लागि सूचना प्रविधिको महत्वबारे यान्त्रिक मानव सोफियाको सम्बोधन

कृतिम इन्टेलिजेन्सकी धनी रोबोट सोफिया नेपालमा/दिगो विकासका लागि सूचना प्रविधिको महत्वबारे यान्त्रिक मानव सोफियाको सम्बोधन

Business, National
सोफिया/रोवर्ट मानव/ सोफिया अहिले नेपालमा पनि सेलिब्रिटी बनेकी छिन् । कृतिम इन्टेलिजेन्सकी धनी रोबोट सोफिया दिगो विकास कार्यक्रममा वक्ताका रुपमा सहभागी भएर काठमाण्डौ आउँदा उनलाइ हेर्न र उनी बारे जानकारी लिन पत्रकारहरुको घुइचो लागेको छ ।।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएको आयात निर्यात आजदेखि शुरु हुदै/प्रबन्ध शुल्क तिरेर आयात निर्यात गर्न ब्यबसायिहरु तयार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएको आयात निर्यात आजदेखि शुरु हुदै/प्रबन्ध शुल्क तिरेर आयात निर्यात गर्न ब्यबसायिहरु तयार

Business, National
त्रिभुवन विमानस्थल/आयात सुचारु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयात निर्यात आजदेखि पुनः शुरु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग भेटवार्ता गरी प्रबन्ध शुल्क तिरेर आयात निर्यात गर्न आफूहरु तयार रहेको बताएको हो । मन्त्री अधिकारीको आग्रह बमोजिम व्यावसायीले कानुनबमोजिम प्रबन्ध शुल्क तिर्ने र सहज रुपमा आयात निर्यात गर्ने बताएका हुन् । मन्त्री अधिकारीले निजी क्षेत्रको सुझावलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास चेम्बरलाइ दिलाउनुभयो । यसअघि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित हवाई कार्गोको प्रबन्ध शुल्क वृद्धि गरिएकामा व्यवसायीले विरोध गर्दै आएका थिए । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले यही चैत १ गतेदेखि लागू हुने ग
शेयर बजारमा यस साता १ अर्ब २९ करोड ३७ लाख रूपैयाँ बराबरको कारोबार

शेयर बजारमा यस साता १ अर्ब २९ करोड ३७ लाख रूपैयाँ बराबरको कारोबार

Business
शेयरबजार/अपडेट शेयर बजारमा यस साता १ अर्ब २९ करोड ३७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ९२ प्रतिशत कम हो । गत साता १७१ कम्पनीको ४७ लाख ९३ हजार १२० कित्ता सेयर रु एक अर्ब ७९ करोड ४७ लाख ९८ हजारमा कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव २७ अंकले बढेर अन्तिम दिन १२८८ दशमलव ३६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ३२ अंकले बढेर २७४ दशमलव ३८ अंकमा आइपुगेको छ ।।
चीन सरकारले नेपाललाई भूकम्पपछिको पूनर्निर्माण कार्यक्रम अन्तर्गत तातोपानी चेकपोष्ट, सिन्धुपालचोक अस्पताल र जिरी माध्यमिक विध्यालयको पुनर्निर्माणमा सघाउने

चीन सरकारले नेपाललाई भूकम्पपछिको पूनर्निर्माण कार्यक्रम अन्तर्गत तातोपानी चेकपोष्ट, सिन्धुपालचोक अस्पताल र जिरी माध्यमिक विध्यालयको पुनर्निर्माणमा सघाउने

Business
अर्थ सम्झौता चीन सरकारले नेपाललाई भूकम्पपछिको पूनर्निर्माण कार्यक्रम अन्तर्गत तातोपानी चेकपोष्ट, सिन्धुपालचोक अस्पताल र जिरी माध्यमिक विध्यालयको पुनर्निर्माणमा सघाउने भएको छ । तातोपानी चेक पोष्ट पूननिर्माण अन्तर्गत तातोपानी भन्सार कार्यालयको भूकम्पबाट क्षति पुगेका भौतिक पूर्वाधारहरुको पूनर्निर्माण गरिने छ भने सिन्धुपाल्चोक अस्पताल पूनर्निर्माण अन्तर्गत मझौला स्तरको ३९ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने छ । यसैगरि भूकम्प पछिको पूननिर्माण कार्यक्रम अन्तर्गत जिरी माध्यामिक विध्यालयको पूननिर्माण गरिने छ । सो सम्बन्धि सहमति पत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिब शंकरप्रसाद अधिकारी र चीन सरकारका तर्फबाट नेपालका लागि चीनका राजदूत यू होङले हस्ताक्षर गर्नु भयो । त्यसबखत राजदूत यू होङले नेपालको सामाजिक आर्थिक विकासमा
देशभर रहेका २० वर्ष नाघेका सार्वजनिक सवारीका साधनहरु आजबाट सञ्चालन गर्न नपाइने

देशभर रहेका २० वर्ष नाघेका सार्वजनिक सवारीका साधनहरु आजबाट सञ्चालन गर्न नपाइने

Business, National
२० बर्षे सवारी/प्रतिबन्ध देशभर रहेका २० वर्ष नाघेका सार्वजनिक सवारीका साधनहरु आजबाट सञ्चालन गर्न नपाइने भएको छ । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि हटाउने निर्णय गरिएको हो । बीस वर्ष नाघेका सार्वजनिक यातायात आज देखि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आजबाट देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउने तयारी गरेको थियो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । हाल देशभर सञ्चालनमा रहेका २० वर्षे पुराना सवारी साधनको संङख्या ५५ सय रहेको विभागको तथ्याङक छ ।।
पेट्रोलियम पदार्थको मूल्य दुई हप्तामै दोस्रोपटक बढाइयो/पेट्रोलको १०२ र खाना पकाउने ग्यासको १३७५ रुपैयाँ मूल्य कायम

पेट्रोलियम पदार्थको मूल्य दुई हप्तामै दोस्रोपटक बढाइयो/पेट्रोलको १०२ र खाना पकाउने ग्यासको १३७५ रुपैयाँ मूल्य कायम

Business, National
पेट्रोल भाउ/वृद्धि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको निगम प्रवक्ता विरेन्द्र गोइतले जानकारि दिनु भएको छ । यसैगरी खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरलाई १ सय २ रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९/७९ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ ।।
नेपालमा अहिले करिब २ करोड ६० लाख रोपनी जमिन बाँझो अवस्थामा/जमिन बाँझो रहँदा कृषिमा परनिर्भरता बढदै

नेपालमा अहिले करिब २ करोड ६० लाख रोपनी जमिन बाँझो अवस्थामा/जमिन बाँझो रहँदा कृषिमा परनिर्भरता बढदै

Business, National
बाँझो/जमिन नेपालमा अहिले करिब २ करोड ६० लाख रोपनी जमिन बाँझो अवस्थामा रहेको छ । देशका ६५ प्रतिशत जनता कृषिमा आत्मनिर्भर रहेपनि धेरै जमिन बाँझो रहँदा कृषिमा  परनिर्भरता बढदै गएको बिश्लेषण गरिएको छ । कृषि विकास मन्त्रालयको तथ्याङ्क हाल ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिँदै आएको छ । नेपालमा कूल खेती गर्न योग्य जमिनको ३३ दशमलव ३२ प्रतिशत जमिन बाँझो रहेको छ । यसैबीच सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमै सीमिति भएको देखिन्छ । सरकारले कृषिमा आत्मनिर्भर हुन, वैदेशिक रोजगारमा गएका युवालाई कृषि पेशामा आकर्षण गर्न, न्यून ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने घोषणका साथै करार खेतीको अवधारणअनुसार कृषि क्षेत्रको विकास गर्ने कार्यक्रम आर्थिक वर्ष ०७३-७४ को वार्षिक बजेटमार्फत घोषणा गरेको थियो । भारत, चीन, भियतनाम, बङ्गलादेश लगातयका मुलुकमा करार खेती सफल मानिएको