Wednesday, February 21

District News

काठमाडौको दरबारमार्ग ल्याण्डमार्क होटलमा भएको बलात्कार सम्बन्धी घटनालाइ सामसुम पार्न खोजेको आरोपमा दोषी पाइएका प्रहरीहरुमाथि कारवाही अगाडि बढाउन छानवीन समितिले सिफारिस गरेको छ

काठमाडौको दरबारमार्ग ल्याण्डमार्क होटलमा भएको बलात्कार सम्बन्धी घटनालाइ सामसुम पार्न खोजेको आरोपमा दोषी पाइएका प्रहरीहरुमाथि कारवाही अगाडि बढाउन छानवीन समितिले सिफारिस गरेको छ

District News
दरबारमार्ग/काण्ड काठमाडौको दरबारमार्ग ल्याण्डमार्क होटलमा भएको बलात्कार सम्बन्धी घटनालाइ सामसुम पार्न खोजेको आरोपमा दोषी पाइएका प्रहरीहरुमाथि कारवाही अगाडि बढाउन छानवीन समितिले सिफारिस गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित छानवीन समितिले सो घटनामा आर्थिक कारोवार गराएर घटना लुकाउन खोजेको आरोपमा दरबारमार्ग प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र मुद्दा शाखा हेर्ने प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाइ कडा कारवाही गर्न विभागीय सिफारिस गरेको छ ।।
४ सय १० मेघावाटको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको    काम ओझेलमा/१ बर्ष देखि निर्माण कार्यले गति लिन सकेन ।

४ सय १० मेघावाटको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको काम ओझेलमा/१ बर्ष देखि निर्माण कार्यले गति लिन सकेन ।

District News, National
जाजरकोट/नलसिंहगाड जलविद्युत देशकै ठुलो मध्येको एक ४ सय १० मेघावाट क्षमताको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको काम अलपत्र परेको छ । विकास समिति मार्फत संचालन भईरहको आयोजनाको काम कम्पनी मोडेलमा लगिए संगै कामले गति लिन नसकेको हो । १ बर्ष अघिदेखि जग्गाको मुआव्जा वितरण, पुर्वाधार निर्माण लगाएतका कार्य रोकिएको छ । त्यस्तै  विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको कार्य पनि पुरा हुन सकेको छैन । आयोजना विकास समितिलाई नलगाड हाईड्रो पावर कम्पनीमा परिवर्तन गरे यता आयोजना ओझेलमा परेको स्थानीयले बताएका छन् । आयोजनाका लागि ६ हजार रोपनी जग्गा अधिग्रहण गर्नु पर्नेमा हालसम्म २ सय ८१ रोपनी जग्गाको मात्र मुआब्जा वितरण गरिएको छ । निर्माण स्थल आसपासको २ सय रोपनी जग्गाको मुआब्जाका लागि तत्काल आवश्यक १२ करोड रुपैया समेत व्यवस्था हुन सकेको छैन । त्यस्तै बाँधस्थल सम्मको पहुँच मार्ग
प्युठानमा शैक्षिकसत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्/विद्यार्थीहरु शिक्षकले भनेको र सुनेको भरमा वार्षिक परीक्षा दिने तयारीमा

प्युठानमा शैक्षिकसत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्/विद्यार्थीहरु शिक्षकले भनेको र सुनेको भरमा वार्षिक परीक्षा दिने तयारीमा

District News, National
प्युठान/पाठ्यपुस्तक अभाव शैक्षिक सत्रको अन्त्यमा हुने बार्षिक परिक्षा नजिक आउँदासम्म पनि प्यूठानका कतिपय बिद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । २०७३ असार श्रावणको बाढिपहिरोबाट पिडीत प्यूठानको फोप्लीस्थित अम्बिका माध्यमिक बिद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको बिद्यालयले जनाएको छ । प्राथमिक तहका अनिबार्य बिषयहरु नेपाली, गणीत र कक्षा ८ को अनिबार्य बिषय सामाजिक शिक्षा, कक्षा ९ र १० का केही ऐक्षिक बिषयहरुको पुस्तक नपाएको बिद्यार्थीहरु बताउँछन् । गतबर्ष पनि प्यूठानका सबै बिद्यालयका सबै बिद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेकाथिए ।।
छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु/अब यातायात सेवा सहज हुने बिश्वास

छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु/अब यातायात सेवा सहज हुने बिश्वास

District News, National
जाजरकोट/पुल निर्माण जाजरकोटको छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु गरिएको छ । नदी तथा खोलामा पुल नहुदा यातायात सेवा सहज नभएकोले सल्लीबजारदेखि जाजरकोटसम्म पुल निर्माणको काम तिब्र बनाइएको हो । छेडागाड, कालीखोला, बालीखोला, खोदाखोला, सिम्लेखोला, बनगाड लगायतका नदी तथा खोलामा पुल निर्माणको काम भइरहेको छ । जाजरकोट राष्टिय सडक सञ्जालसंग जोडिएको लामो समय सम्म पनि पुल नहुदा वर्षायाममा यातायात सेवा प्रभाबित हुदै आएको थियो । अब पुल निर्माण भएपछि बाह्रै महिना यातायात सेवा सुचारु भै यात्रा सहज हुने अपेक्षा यात्रुहरुको छ ।।
डडेलधुराको लिटिरी गाउँमा पिउने पानीको अभाव/हुम्लामा विद्युत सेवा अवरुद्ध हुँदा हिजो दिनभर संचार र सरकारी कार्यालयको काम प्रभावित

डडेलधुराको लिटिरी गाउँमा पिउने पानीको अभाव/हुम्लामा विद्युत सेवा अवरुद्ध हुँदा हिजो दिनभर संचार र सरकारी कार्यालयको काम प्रभावित

District News, National
डडेलधुरा/खानेपानी अभाव डडेलधुराको अमरगढी नगरपालीका लिटिरी गाउका दलित परिवारले लामो समय  देखि खानेपानीको अभाव झेल्दै आएका छन् । करिब ४० घर परिवार रहेको सो बस्तीमा खानेपानीको अभाव हुँदा उनीहरु नालाको फोहर पानी पिउन बाध्य भएका छन् । पानीको अभावमा स्थानिय वासीन्दालाई दैनिक जनजीवन सञ्चालन गर्नका लागि समस्या भएको छ । नालामा समेत पानीको सतह घटेकोले समस्या झनै बढेको हो । खानेपानी योजना निर्माणका लागि पटक पटक सरोकारवाला निकायसँग आग्रह गर्दा पनि सुनवाई नभएको स्थानीय बासिन्दाको गुनासो गरेका छन् । विस्तृत अध्ययन विना निर्माण गरिएकाले भएका धाराहरुबाट पनि पानी नआउने स्थानीयहरु बताउनछन् । निर्वाचनका बेला नेताहरुले घर घरमा धारा निर्माण गरिदिने आश्वासन दिएपनि निर्वाचन पछि कोहि नआउने स्थानीय जसु देवी पार्कीले गुनासो गरेकी छन् ।।
मध्य तराईका जिल्लाहरुमा शीतलहरले जनजीवन प्रभावित/बारामा ५ दिनका लागि विद्यालयहरु बन्द

मध्य तराईका जिल्लाहरुमा शीतलहरले जनजीवन प्रभावित/बारामा ५ दिनका लागि विद्यालयहरु बन्द

District News, National
बारा/शित लहर केही दिनयताबाट बढेको चिसोले मध्य तराईको जनजीवन प्रभावित छ । खासगरी बारा, पर्सादेखि बाँकेको नेपालगञ्जसम्मका तराईका बिभिन्न ठाउँहरुमा चिसो बढेको हो । मध्यान्हसम्म पनि हुस्सु लाग्ने भएकाले सर्वसाधारण चिसोबाट बढी प्रभावित भएका हुन् । यसैबीच शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने गरिएको छ । शिक्षा समितिको बैठकले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिनुभयो । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले हिजोबाट पुष २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गरिएको छ ।।
निजी आवास निर्माणमा ढिलाई हुँदा भुकम्पपीडित अझै टहरोमै/दोलखामा निजी आवास निर्माणले अझै गति लिन सकेन

निजी आवास निर्माणमा ढिलाई हुँदा भुकम्पपीडित अझै टहरोमै/दोलखामा निजी आवास निर्माणले अझै गति लिन सकेन

District News, National
दोलखा/पुन निर्माण दोलखामा स्थायी आवासका लागि तीन हजार ५६६ जना भूकम्पपीडितले मात्र तीन लाख रकमको सबै किस्ता बुझेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यलय दोलखाका अनुसार हालसम्म ५५ हजार ८१ जनाले पहिलो र १४ हजार ८०७ जनाले दोस्रो किस्ता रकम बुझेका छन् । तर पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाले भने दोलखामा करिब १७ हजार नागरिकले घर निर्माण गरिसकेको जनाएको छ । घर निर्माण गरिसकेका केहीले दोस्रो तथा तेस्रो किस्ताका अनुदान रकम लिनका लागि प्रक्रिया अगाडि बढाएको र केहीले घर निर्माण सम्पन्न गरे पनि रकम लिन बाँकी रहेको पुनःनिर्माण प्राधिकरण समन्वय समितिको भनाइ छ । यसैबीच दोलखामा पुनः निर्माणको काम सुस्त देखिएपछि पुनः निर्माण प्राधिकरणले पनि सक्रियता बढाएको छ ।।
शीतलहरका कारण तराइका जिल्लाहरुको जनजीवन प्रभावित/विद्यालय संचालन लगायत दैनिक जीवनयापनमा कठिनाइ

शीतलहरका कारण तराइका जिल्लाहरुको जनजीवन प्रभावित/विद्यालय संचालन लगायत दैनिक जीवनयापनमा कठिनाइ

District News, National
तराई जिल्ला शितलहर/विज्ञप्ती विगत पाँचदिनदेखि तराईका जिल्लाहरुमा शितलहरले जनजीवन निकै प्रभावित भएको छ । शितलहरबाट जनकपुरदेखि नेपालगञ्जसम्मका बिभिन्न ठाउँहरु बढी प्रभावित छन् । यसक्रममा कपिलवस्तुमा समेत एक्कासी बढेको शीतलहरका कारणले जनजिवन कष्टकर बनेको छ । ४ दिन देखि बढेको चिसो र शीतलहरले गर्दा दैनिक जीवनमा समस्या आउनुकासाथै दैनिक यातायात आवातजावतमा समेत कमी आएको छ । शीतलहरकै कारण दुर्घटनाको सम्भावना बढेको हुँदा दुर्घटना न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले चालकहरुलाई सवारी साधन चलाउँदा बिस्तारै चलाउन तथा लाईटको प्रयोग गर्ने गरी चलाउन सचेत गराएको छ । जाडो बढेका कारण तौलिहवा अस्पतालमा उपचार गर्न आउने विरामीहरुको चाप समेत बढ्न थालेको छ । अस्पतालमा श्वासप्रश्वास, रुघाखोकी, निमोनिया, ज्वोरो लगायतका विरामीहरु आईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी पर्साका बज
भुकम्पबाट क्षतिग्रस्त २ सय भन्दा बढी सम्पदाको पुननिर्माण शुरु हुन बाँकी/ जनशक्तिको व्यवस्थापन र परिचालन प्रभावकारी हुन सकेन

भुकम्पबाट क्षतिग्रस्त २ सय भन्दा बढी सम्पदाको पुननिर्माण शुरु हुन बाँकी/ जनशक्तिको व्यवस्थापन र परिचालन प्रभावकारी हुन सकेन

District News, National
सम्पदा पुननिर्माण  ७२ सालको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त ७ सय ५० सास्कृतिक तथा पुरातात्विक सम्पदामध्ये हालसम्म २ सय भन्दा बढी सम्पदाको पुननिर्माण शुरु हुन सकेको छैन । जनशक्तिको व्यवस्थापन र परिचालन प्रभावकारी रुपमा नहुदा पुननिर्माण शुरु नै हुन नसकेका सम्पदा र भौतिक संरचनाहरुको संङख्या अझै धेरै बाकी छ ।।  दर्ता भएका मध्ये करिब २१ हजार भुकम्प पिडितहरुको गुनासो सम्बोधन गरिसकेको जनाएपनि पुननिर्माणको कामले सोचे जति तिव्रता लिन नसकेको जनगुनासो व्याप्त छ । दक्ष जनशक्तिको अभावमा भुकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माण हुन नसकेको जनगुनासो आइरहेको बेला प्राधिकरण भने जनशक्ति विकास तथा तालिमका कार्यक्रम सञ्चालन भइरहेको बताउछ । पुननिर्माणको काममा तिव्रता दिनका लागि करिब ४७ हजार डकर्मीलाइ तालिम प्रदान गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।  भुकम्पबाट क्षति पुगेका
प्राविधिक कारणले केही महिनादेखी रोकिएको बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणका लागी जमीनको लालपुर्जा संकलन गर्ने काम हिजोबाट शुरु भएको छ ।

प्राविधिक कारणले केही महिनादेखी रोकिएको बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणका लागी जमीनको लालपुर्जा संकलन गर्ने काम हिजोबाट शुरु भएको छ ।

District News, National
धादिङ/बुढिगण्डकी मुआब्जा प्राविधिक कारणले केही महिनादेखी रोकिएको बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणका लागी जमीनको लालपुर्जा संकलन गर्ने काम हिजोबाट शुरु भएको छ । धादिङतर्फको चैनपुर,ज्याञ्मरुङ्ग लगाएतका स्थानमा र गोरखाको फुजेल,नामजुङ्ग,बुङ्गकोट,लगायतका स्थानको जमीनको लालपुर्जा संकलन गर्न सुरु गरिएको हो । डुबान क्षेत्रमा परेका करिब ७ हजार भन्दा कित्ता जमीनको मुआब्जा वितरणका लागि लालपुर्जा संकलन गर्न थालिएको बुढिगण्डकी जलविद्युत आयोजनाले जनाएको छ । हिजोबाट जग्गा धनी पुर्जा संकलन सुरु गरिएका ती स्थानका ढुवान पिडितहरुलाइ यही महिनाको अन्तिम सम्ममा मुआब्जाको रकम सम्बन्धित् बैकमा पठाईने पनी आयोजनाले जनाएको छ । केही महिना भित्रमा गोर्खा र धादिङ जिल्लाका सबै डुवान पिडितहरुलाई मुआब्जाको रकम बाँडी सक्ने र मुख्य ब्यापारिक केन्द्र आरुघाट, सल्यानटार र खहरे बजार लगायतका स्